झुर कास्टिंग
सास फुल्ने हिमाली यात्रामा निस्किनु पर्ने थियो तर यात्राको सुरुवात मै दम फुल्यो । दुइ दिन सम्म बिहान ४ बजे नै उठेर जाँदा नि आरुघाट जाने टिकट हात लागेन । लाइनमा खुसुखुसु छिर्नेले मेरो कोटाको टिकट जिप्टाए । एक पटक त पुरै बबाल गर्दीम जस्तो नलागेको पनि होइन त हिम्मत चै आएन ।

प्लान ए को असफलता पछि प्लान बि मुकम्मल गर्ने एकल निर्णय गरियो अनि ९ गते आधा दिन कार्यालयको काम गरेर लागियो गोरखा बजार तिर । कलंकी-थानकोट हुँदै पृथ्वी राजमार्गको सवारी चापलाई छिचोल्दै राती ११ बजे गोरखा बजार पुग्न त सफल भइयो तर त्यहाँ होटल पाउन चै राम्रै कसरत गर्नुपर्यो । कारण थियो दशैं मनाउन गाउँ जान जम्मा भएका मान्छेहरुको । भोलिपल्ट गोरखा बजार बाट आरुघाट जाने टिकेटको चाँजोपाँजो अघिल्लो दिन नै भाइ पुरन्जनले मिलाई सकेको थियो र अलिकति ढुक्क थियो ।
ढिला सुस्तिको चरम सीमा पार गरेर ७ बजे जानु पर्ने गाडी १० बजे आइ पुग्यो तर सामान लोड गर्ने भनेर फेरी आधा घण्टा गायब भो । बस एघार बजेतिर बल्ल आफ्नो गन्तब्य तिर हिड्यो । गोरखा बजारको नगरपालिका क्षेत्र भित्रै दुइ पटक झन्डै गाडी बारीको पाटामा पुग्ने गरि चिप्लियो । बसको एडभेन्चर यात्रा मध्यपहाडी राजमार्ग आए पछि भने अलि कम भयो । बाटो अलि राम्रो थियो र अलि ठुलो पनि । मध्यपहाडी राजमार्गको एकछिन मज्जा लिन नपाइदै आरुघाट आइ हाल्यो । आरुघाटबाट फेरी सोती सम्मको एडभेन्चर यात्रा गरियो । आर्खेतमा हामी चढेको बस झन्डै खोलामै पौडी खेल्न गइसक्या थियो । गुरुजी भने बिहान सम्म यहाँ ढुंगा थियो अहिले कसरी हरायो भन्दै कराउदै थिए । सोती पुगे पछि भने बसको यात्रा सकियो ।
यो यात्राको सबै भन्दा रमाइलो पार्ट भनेको के भन्दा फुच्छी रेसिका भट्ट संगको भेट । चार बर्षकि फुच्ची नानीको गफ सुन्न त्यत्रो भिड भएको बसमा पनि चकमन्न शान्त हुने गर्थ्यो । यस्तो लाग्यो कि पल्पसा क्याफेमा आफ्नो मितिनी लाइ भेट्न जाँदै गरेकी पात्र अरु कोहि नभएर यहि फुच्ची हो । अनि बेला बेला आफुलाई त्यहि फुच्ची बाटोमा भेट्ने ‘दृश्य’ झैँ लाग्थ्यो 😉😉।
हुन त कास्टिंग नै झुर भए पछि फिल्म के राम्रो होस् । अघिल्लो दिन सोती माथिको गाउँ खुर्सानीबारीमा बसी भोलिपल्ट बिहानै यात्रा सुरु गरेको थिए । तर नौले झरनामा पानी खाने बोत्तल र माछीखोला गाउँमा खाना खान रोकिदा नयाँ चप्पल र विन्डचिटर छोडेर हिडेछु । एक्लै यात्रा गर्दाको झुर पक्ष नै यहि आफु भुलक्कड भइयो भने सम्झाउने कोहि हुँदैनन् । बाटोमा दशैं बनाउन जाँदै गरेका केहि भाइ बहिनीहरु भेटिए । पढाई, गाउँका कुरा अनि गीत संगीत र घुमफिरका कुराहरु गर्दै हिड्दा कतिबेला दोभान आइ पुगियो थाहै भएन । दोभानमा होटलहरुको सुबिधा राम्रो नै थियो यतै बसियो । बेल्का होटेल साउजी संग मनास्लु ट्रेकको बारेमा धेरै कुरा गरियो । एक्लै घुम्न आएको भन्दा धेरै जिज्ञासा पनि राखे ।
पुरै मनास्लु ट्रेक भरि बुढी गण्डकी कयौ पटक तर्नुपर्ने । कहिले नदि वारि त कहिले नदि पारि बाट यात्रा गर्नु पर्दा बेला बेला दिक्क लाग्थ्यो भने बेला बेला रोमान्चकताले भरिएको हुन्थ्यो । कति ठाउँमा डरलाग्दो तरिकाले नदि उर्लिएको देख्दा सातो नै जान्थ्यो भने कतै झोलुङ्गे पुल बन्नु भन्दा पहिलेको एउटा मात्र काठको फट्के (नदि तर्नको लागि राखिएको फलेक जस्तो काठ) हेर्दैमा पनि खुट्टा काम्थ्यो । भन्छन अँध्यारोमा आफै छायाँले पनि छल गर्छ रे तर मलाई भने आफ्नै ब्याग अनि आफ्नै हिडाईको आवाजले समेत तर्सायो । हल्का हावा चल्दा खेरि सुस्केराउने सल्ला र पात पतिङ्गर समेतले सातो खायो । आफुले नचिनेको ठाउँ अनि जंगलको बाटो र झमक्क साँझमा एक्लै हिड्न बडा कठिन हुने रहेछ । अझ त्यस्तो एडभेन्चर सकेर होटेल पुग्दा होटेल साउजीले जंगलमा भएका घटनाहरुको ऐतिहासिक दस्ताबेजहरु स्वस्थानी वाचन गरे जसरी वाचन गर्दा त आफुले ठुलै युद्द जितेर आए सरहको फिलिंग आउने रहेछ ।
“दाइ यति अबेर आउनु भो अब हामीले आफुलाई खाना बनाएको खानेकुरा नै बाँडीचुंडी खानु पर्ला” होटल साउजी भाइले यसो भन्दा चै के र कति पो खान पाउने हो भन्ने लाग्या थियो र पनि ज्यान बचाएर आएको झोंक अनि भोकको झोंक को वर्ग झोंकमा ढुंगै पाए पनि पचाउने साहस आएको थियो । अनि के छ त साउजी खानामा भनेर सोध्दा भात र झोलदार मासु भन्ने थाहा पाए पछि भने ज्यानलाई बहुत आनन्द आयो । दशैंको फुलपाति अनि मासु भात खान पाए अरु के चाहियो र मस्तले हलिभाग मासु भातले पेट पुजा गरियो र साउजीले पानी तताएर राख्दिएका थिए चट्ट नुहाएर सुतियो । यस बीच दोभान बाट जगत, अनि ठुलो ढुंगा, सिर्दिवास, फिलिम, चिसापानी एक्लेभट्टी घम्पुल र न्याकफेदी हुँदै पेवा गाउँ सम्मको यात्रा सकिएको थियो । जगत भन्ने गाउँ मनास्लु सर्किटको प्रवेशद्वार हो । यहि ठाउँमा सबैभन्दा पहिले बिदेशी पैदलयात्रीहरुको परमिट चेक गरिन्छ । एमक्यापको अफिस पनि यहि छ । माछीखोला काटे पछि नेपाल टेलिकमको स्काई फोन टिप्ने स्थान पनि यहि हो । यहि ठाउँ पुग्नु पहिले पहरामा ड्रिल गरेर बनाइएको स्विसमोडलको क्यान्टिलिभर पुलको रोमान्चकारी यात्रा नि गरियो । यसै बीच फिलिम गाउँ पनि पार गरियो । फिलिम गाउँ चुमनुव्री गाउँपालिकाको केन्द्र अनि स्वास्थ्यचौकी, मालपोतकार्यालय, नापी कार्यालय, प्रहरीचौकी लगायतका कार्यालय लगायतका सेवाहरु पाउने स्थान । सबै सुबिधा पुगेको गाउँ त्यो भेगको लागि सानोतिनो बजार थियो फिलिम गाउँ ।
अबको यात्रा नाम्रुंग सम्मको थियो । बिहि गाउँ आए पछि एक्कासी फोन बज्यो अनि थाहा भो बिहि गाउँमा नेपाल टेलिकमको जिएसएम नेटवर्क टिप्ने रहेछ । १५–२० मिनेट जति टिपे पछि नेटवर्क फेरी गायब भो । फोन टिप्दा सम्म यति धेरै कल आए मानौ यतिका दिन म कति बेला फोन लाग्ने ठाउँमा पुग्ला र कल गरौला भनि कुरेर बस्या थिए । देङ्ग, बिहि गाउँ,घाप सल्लेरी हुँदै नाम्रुंग पुग्दा ५ बजी सकेको थियो । अघिल्लो दिनको साँझ सम्झेर नै अब देखि ५ बजे पछि कुनै हालतमा पनि नहिड्ने एकल निर्णय गरि सकेको थिए । नाम्रुंगमा एक जना शोलु तिरका शेर्पा भाइ सँग भेट जो भर्खरै मनास्लु चढेर फर्केका रहेछन । उनैले सुझाए मनास्लु बेसक्याम्प सम्म घुम्न जान । खासमा म लार्के पास गर्ने मात्र तयारीमा गएको थिए । १६ बर्षे ठिटो पहिले प्रयासमै मनास्लुको सफल आरोहण गर्या भएर होला निकै उत्साहित देखिन्थे । अब सगरमाथा चढ्ने हो अर्को सिजनमा त भन्दै थिए । बिहानै उठेर हिड्ने तयारी पश्चात होटेलमा खाजा खाईवरी पैसा तिर्ने बेला जम्मा पांच सय तिर्नु पर्ने हिसाब आउदा चै छक्क परियो । अघिल्लो दिन कुरा हुँदा रूमकै तीन सय भन्या थिए अझ बेल्काको खाजा र खाना अनि बिहानको चिया खाजा जोड्दा आउने पैसाको मेरो अनुमान भन्दा तीन चार सय कम थियो । भएछ के भने त्यो रूम को तीन सय खाना सहितको रहेछ । त्यहाँ बाट बिदा लिए पछि अबको यात्रा सामागाउँ सम्मको थियो ।
भुटानी लामा संगको भेट
भुटानी लामा संगको भेट
बिहान नाम्रुंग बाट भंजामको गहुँ खेति अनि चराचुरुंगीहरु हेर्दै लिही हुँदै श्यो पुगे पछि त्यहाँ स्याउ फलेको देखियो अनी बगैचा धनी सँग रुखमै चढेर स्याउ खान मन लागेको इच्छा जताए पछि उनले पनि हांसी हांसी अनुमति दिए ।
गोटा पाँच एक स्याउ टिपेर त्यहाँ बाट बिदा लिनै लाग्दा मेरो आँखा एउटा साइनबोर्डमा पर्यो । त्यो बोर्ड थियो सीमा प्रहरी चौकीको । नेपालको सीमा त्यहाँ बाट निकै पर थियो । त्यहाँ बाट अझै चार गाउँ नेपालभित्र नै थिए सीमा प्रहरी भने चार गाउँ वर नै सीमाको सुरक्षामा तैनाथ थियो ।

“अब श्याला पुग्न कति समय लाग्ला त?” एकजना लामालाई सोधे । ‘अब धेरै छैन मात्र पन्ध्र मिनेट हो ” उनले जवाफ दिए । लामा हेर्दा २०–२२ बर्षका देखिन्थे । एकछिनको गफगाफमा थाहा लाग्यो उनि भुटानका रहेछन । ९ बर्षको उमेरमा एकजना लामाको साथ लागेर हिडेको पनि ११ बर्ष भै सकेछ । ‘खासमा मलाइ भारततिर कतै लैजान्छ होला लागेको थियो तर यता पो आउने रहेछ ।” कुराकानीकै क्रममा उनले यस पटक भुटान जाने अनि बुबा, दाजु र कान्छीआमालाई नेपाल घुमाउने रहर रहेको बताए । ‘आमा म यतै हुदा बितिन नत्र आमालाई नि घुमाउथे ।”
शेर्पाहरु हिमाल चढ्न जन्मीन्छन: कामिरिता शेर्पा
“दाइ हजुर कति पटक मनास्लु चढ्नु भो ?” मेरो सवालमा उनले सहजै भने खै सगरमाथा नै एक्काइस पटक चढियो । त्यस पछि उनि संग एकछिन त बोल्ने आँट नै गर्न सकिएन । मैले जसलाई प्रश्न गरेको थिए उनि थिए प्रख्यात आरोही कामिरिता शेर्पा जो २१ पटक सगरमाथा चढेर आप्पा शेर्पाको रेकर्ड बराबरी गरेका थिए । उनि संगै थिए १० पटक सगरमाथा चढेका लाक्ह्पा नुरु शेर्पा । नुरुले यहि सिजनमा नै दुइ पटक मनास्लुको सफल आरोहण गरि सकेका रहेछन । मनास्लुको सफल आरोहण पश्चात उनीहरु सामागाउँमा फर्किएका थिए । जब यस्ता प्रख्यात आरोही संग गफ गर्ने मौका पाइन्छ तब त्यो मौका छोड्नु हुन्न । यो एउटा अवसर थियो हिमाल आरोहीहरुको बारेमा जाने । मैले पनि मौका खेरा जान नदिई धेरै जिज्ञासा राखे अनि उनीहरु बाट उत्साहका साथ जवाफ पनि पाए । तिब्बती मोडाहा र नेपाली मोडाहा दुवै तिर बाट सगरमाथा आरोहण गरेका ति दुइ प्रख्यात आरोहले उताको र यताको अन्तर बताउदा भने मन सार्है कुँडियो ।
चिनियाँहरुले कडा अनुगमन गर्ने अनि सफल आरोहीलाइ सम्मान पनि निकै गर्ने कुरा कामिरिताले बताई रहदा त्यसमा हो मा हो थप्दै थिए नुरु पनि । उताका सम्पर्क अधिकृत बेसक्याम्पमै बस्ने अनि अनुमति लिएको नलिएको कडा अनुगमन गर्ने अनि सफल आरोहण पछि फर्केर आउदा बेसक्याम्पमै प्रमाणपत्र दिएर सम्मान गर्ने अनि यताका सम्पर्क अधिकृतहरु भने मुस्किलले बेसक्याम्प फोटो खिचाउन आउने त्यो पनि बेसक्याम्प पुगेको प्रमाण अनिवार्य रुपमा बुझाउनु पर्ने भएकोले मात्र फोटो खिच्र आउने रहेछन् । फोटो खिचेर फर्किने ति सम्पर्क अधिकृत सफल आरोहण पश्चात काठमाडौँमा प्रमाणपत्र लिन आएका पर्वतारोही संग लाजै पचाएर चिया खाजा भनेर पैसा माग्छन भनेर नुरु बताउदै थिए । कामिरिता सम्पर्क अधिकृत बेसक्याम्पमा नबसिदिनाले हिमालमा अनुशासनहिनता बढ्दै गरेको कुरा बताउदै थिए । अनुमति नलिकन हिमाल चढ्न आउने अनि आरोहण नै नगरी हिमाल चढेको दाबी मात्रै होइन बिना अनुमति हिमालमाथि ड्रोन उड़ाउने र स्क्री खेल्ने सम्मको काम हुन थालेको कुरा शेर्पाद्वयले बताए । त्यस पछि केहि रमाइला कुरा भए । केहि हांसीमजाक चले । त्यहि मेसोमा गफ भो गोरखा जिल्लाकि पहिलो महिला सगरमाथा र मनास्लु आरोही नानीमाया गुरुङ सँग । जो सामागाउँमा होटेल व्यवसाय पनि गर्दै थिइन । एक दिन अघि मात्र मनास्लुको सफल आरोहण गरेर फर्केकी नानीमाया चिन्तित देखिन्थिन । उनको चिन्ताको कारण थियो उनले चलाई रहेको होटेल । स्थानीयहरुले अब देखि बाहिरी गाउँ बाट आएकाहरुले यहाँ होटेल चलाउन नपाउने नियम बनाएका रहेछन र उनि थिइन माछीखोला कि । “त्यत्रो लगानी गरेर होटेल खोलियो अब बन्द गर्नु पर्ने रे“ निराश हुँदै नानीमाया भन्दै थिइन । यति बेला सम्म मध्यरात भैसक्या थियो र कुरा टुंग्याउने हिसाबले अन्तिममा मैले कामिरितालाइ सोधे शेर्पाहरु किन जन्मिन्छन अनि उनले हाँस्दै जवाफ दिए ’हिमाल चढ्न ।“
त्यो ऐतिहासिक भेटघाटको भोलिपल्टको मनास्लु बेसक्याम्प सम्मको यात्रा नि रमाइलो रह्यो । बेसक्याम्प जाँदा माथि बाट देखिने सामागाउँ, श्याला र ल्हो गाउँको दृश्य सार्है रमाइलो थियो । माथि बाट हेर्दा देखिने बिरेन्द्र तालको मनमोहक दृश्य र आफ्नै आँखा अगाडी भित्ता झैँ अजङ्ग संग ठडिएको मनास्लु हिमाल हेर्दा हेर्दै कति बेला आफुले बोकेको पानी पिएर सकेछु थाहा नै पाएन । तिर्खाले प्याकप्याक्ती भएर पानी माग्न बेसक्याम्पको एउटा टेन्टमा छिरेको त्यहाँ पानी मात्र पिलाएनन् चिया खाजा सहितको मेजमानी गराए । बेसक्याम्पमा तीन घण्टा तीन सेकेन्ड जसरी बिताईयो । त्यो मिठो आतिथ्य अनि हिमाल र तालको मनमोहक दृश्य हेर्दै फेरी सामागाउँ झरियो ।
घुंडाको दुखाई खपेरै यात्रा
घुंडाको दुखाई खपेरै यात्रा
अबको गन्तब्य थियो धर्मशाला । समुन्द्री सतह देखि ४४८० मिटरमा अवस्थित त्यो स्थानमा पुग्न सामागाउँ बाट शाम्दो हुँदै जानु पथ्र्यो । बाटोमा चौरीहरु चर्दै गरेको दृश्य हेर्दाहेर्दै र बुढीगण्डकी माथिको काठे पुल तरेर शाम्दो पुगियो । त्यहाँ खाना खाएर फेरी केहि घण्टाको हिडाई पछि भने धर्मशाला पुगियो ।
त्यहाँ होटेलको नाममा ढुंगाले गारो लगाएको सानो घर मात्रै थियो । सुत्नको लागि भने टेन्टमा व्यवस्था गरिएको थियो । लार्के पासमा दिउँसो धेरै हावा चल्छ त्यसैले सबै जना बिहानै उठेर लार्केपास गर्न कुद्छन । तर रातभरी पानी पर्नाले एक त न राम्रो संग सुत्न पाइयो न त बिहानै उठेर हिड्न नै पाइयो । तर पनि लगभग ४ बजे तिर एक टोलि निस्के र सँगै म पनि उनीहरुकै पछि पछि कुदे ।
राती पानी र हिउँ परेको हुनाले बाटो भरि हिउँ थियो । हिउँमा चिप्लिने डर पनि उत्तिकै भएकोले चनाखो बनेर हिड्नु पथ्र्याे । यसै बीच मेरो घुंडा एकदम दुख्न सुरु गरि सक्या थियो । लार्के पास गर्दा बिहानका् आठ बजेको हुँदो हो त्यहाँ एकछिन बसेर फोटो खिचे पछि ओरालो झरियो । एक त ठाडो ओरालो त्यस माथि हिउँले बाटो अझ चिप्लो बनाउदा बिहान देखी दुखेर निहुँ खोजिरहेको घुँडो झन झन धेरै दुख्दै थियो । लार्के-पास देखि भिम्तांग सम्मको बाटो कहिले सकिएला भन्ने मात्र मनमा खेल्दै थियो । यही बिच बाटोमा पर्ने पोकंरताल हुस्सुले पुरै छोपेका कारण एक स्न्याप फोटो लिन नि पाइएन । एकछिन बसेमा कुहिरो हट्ने देखिन्थ्यो बावजुद मौसम खुल्ने प्रतिक्षा नगरि पाइला अगाडी बढाइयो ।

सामागाउँमा भेट भएका र त्यहाँ देखि सहयात्री बनेका लेखक आदित्य अधिकारी र श्रद्दा घले भने भिम्तांग बस्ने भए म चै एकछिनको बिश्राम पछि गोवा गाउँ सम्म पुग्न सकिन्छ कि भनेर अझै हिड्ने मनस्थितिमा पुगें। दुखाई कम गर्ने स्प्रे छर्किदै भिम्तांग बाट त्यो दिन सुर्ती गाउँ आएर बसियो अनि भोलि पल्ट धारापानी झरेर बेशीसहर आई काठमाडौँ फिर्ता भइयो ।
र अन्त्यमा
काठमाडौँ फर्कदै गर्दा आफुले भर्खरै समापन गरेको यात्रा सम्झिदै त्यसलाई संक्षेप गर्दै थिए । एक्लै पदयात्रामा निस्किएको मलाई कतै एक्लोपन महसुस भएन । पुरै यात्राभरी स्थानीय बासिन्दाको माया पाइयो । लगभग पन्ध्र मिनेट हिडे पछि आउने एउटा झरना, लगभग आधा घण्टा हिडे पछि बुढीगण्डकी तरेर कहिलेवारि त कहिले पारी हिड्नु पर्ने बाटो, क्यान्टिलिभर पुलमा हिडेको अनुभव , प्रख्यात आरोहीहरु संगको भेट र घन्टौ चलेको बातचित, एक्लै यात्रामा निस्केको भन्दा अनेक जिज्ञासा राख्ने र निकै सहयोग गर्ने स्थानीय बासिन्दाहरु, मैले अनेक जिज्ञासा राख्दा झर्को नमानी जवाफ दिने गाइड, भरिया लगायतमा मानिसहरु र गोरखा बाट आरुघाट सम्म आउदा भेटिएकी पल्पसा क्याफेकि मितिनी भेट्न जाँदै गरेकी फुच्ची पात्र जस्तै फुच्ची रेसिका भट्ट संगको त्यो गफगाफले यो यात्रा साँच्चिकै अबिश्मरणीय बनेको थियो । लगभग साँढे चार बजे बेशीसहर बाट हिडेको थानकोट आइ पुग्दा भने साँढे दश जति भै सक्या थियो । गाडी थानकोट कटेर नैकाप ओरालो गर्दा मोबाइल झिकेर एउटा ट्वीट गरे “थानकोट-ला पास नि गरियो ।"