चिसापानी छोटो हाइकिङ्ग जानको लागि राम्रो गन्तब्य हो । सुन्दरीजल बाट ४-५ घण्टा हिडेरै चिसापानी पुग्न सकिन्छ । गोसाईकुण्ड र लांगटांग जानेहरु पनि यो रुट हुँदै जाने वा फर्किने गर्थे तर ७२ सालको भुकम्प पछि भने त्यसमा अलि कमि आएको देखिन्छ । चिसापानी बाट धेरै रुटमा हाइकिङ्ग जान आउन सकिन्छ । ति मध्ये सुन्दरीजल-चिसापानी- हेलम्बु, सुन्दरीजल-चिसापानी-नगरकोट-चाँगुनारायण, सुन्दरीजल-चिसापानी-भोटेचौर-झुले हुँदै लप्सीफेदी चलेका रुटहरु हुन् । यहाँ बाट मौसम खुलेको बेला सगरमाथा देखि माछापुच्छ्रे सम्मका हिमशृंखलाहरुको दृश्यपान गर्न सकिन्छ । बिहानको सुर्योदय हेर्न पनि यो ठाउं गज्जब राम्रो रहेको छ ।
![]() |
पुरानो बसपार्क बाट सुन्दरीजल सम्मको लोकल बस चढेर जाने अनि त्यस पछि चै पैदल यात्रा सुरु हुन्छ । मुलखर्क सम्म नै चिया खाजा र खाना खानको लागि राम्रा होटलहरु भएकोले सुन्दरीजलमा खाजा नखाई अघि बढियो भने पनि भोकै रहनु पर्ने आवस्था आउदैन । त्यस पछि भने चिसापानी नपुग्दा सम्म पानि खाने ठाउँ पनि भेटिदैन । चिसापानीमा होटेलहरु भने सामान्य महँगो नै रहेको छ काठमाडौँ बाट नजिक र गाडी बाट सामान ओसारपसार गर्न मिल्ने भए पनि । तर ७२ सालको भुकम्पले धेरै जस्तो होटेलहरु क्षतिग्रस्त भएको कारण आज भोलि त्यहाँ पहिले जस्तो धेरै होटल चै छैन । भुकम्पले क्षति भएको कतिपय होटेल अहिले पनि जस्ता को त्यस्तै छ तर पनि अभाव नै रहने गरि कम चै छैन होटेलहरु ।
नयाँ बर्ष २०१८ को पुर्व सन्ध्यामा फेरी एक पटक चिसापानी हाइकिङ्गको प्लान बन्यो । यस अघि जहिले चिसापानी बाट नगरकोट उक्लिएको हुँदा यो पटक चियाबारी हुँदै भोटेचौर निस्किने योजना बनाए । साथमा थिए सौरव दाजु र कृतिका भाउजु । १० मिनेटमा आइ पुग्छौ तिमी चिया खादै बस है भनेर एसएमएस गरेको लगभग सवा १ घण्टा पछि मात्र आउने सौरव दाजु र भाउजु संग यात्रा अवधिभरि भन्ने गज्जबको तालमेल भो । मौसम सफा भएकोले सगरमाथा देखि माछापुच्छ्रे सम्मको हिमशृंखलाको मनमोहक दृश्य देखिएको थियो । अनि साँझपखको अस्ताउदो घामको झुल्का ति हिमालमा पर्दाको दृश्य गज्जब देखिन्थे । केहि दृश्यलाइ क्यामेरामा कैद गरियो । समुन्द्र सतह देखि लगभग २४०० मिटर उचाईमा रहेको र चिसो हावा चल्न थालेकोले निकै चिसो हुन थाल्या थियो । खाना खाइवरी तातो पानी पिउदै दाजुभाइ देश, अर्थ, राजनीति लगायतका बिषयमा गफ गर्दागर्दै मध्यरातको बाह्र बजि सक्या थियो । बिहानको सुर्योदय दर्शन पनि गर्नु थियो तसर्थ कुरा टुंग्याउने भद्र सहमति गरेर सुत्न गइयो । त्यसपछि अर्को दिन चियाबारी हुँदै भोटेचौर सम्म हिडाई र त्यसपछि गाडीको यात्रा गरेर पुनः काठमाडौँ फर्कियौ । हाइकिङ्गका क्रममा खिचेका केहि तस्बिरहरु यता छन् ।
यात्रा सारांस
- पुरानो बसपार्क बाट सुन्दरीजल सम्म लोकल बस त्यस पछि ४-५ घण्टा सम्मको हाइकिङ्गमा चिसापानी पुगिने ।
- दिउसो र साँझको समयको हिमाल दृश्यावलोकन,
- सुर्योदय दर्शन अनि नगरकोट सम्मको हाइकिङ्ग वा चियाबारी हुँदै भोटेचौर सम्मको हाइकिङ्ग
खर्चहरु
- लोकल बस भाडा रु ३५ (पुरानो बसपार्क देखि सुन्दरीजल सम्मको)
- राष्ट्रिय निकुञ्ज प्रवेश शुल्क ५६.५० प्रति दिन
- खान खाजा २०० (चिसापानी नपुग्दा सम्म)
- होटेल औषत रु ५०० खाना ३००
- लोकल बस भाडा रु ५० (भोटेचौर देखि जोरपाटी)
यात्रा सारांस
- पुरानो बसपार्क बाट सुन्दरीजल सम्म लोकल बस त्यस पछि ४-५ घण्टा सम्मको हाइकिङ्गमा चिसापानी पुगिने ।
- दिउसो र साँझको समयको हिमाल दृश्यावलोकन,
- सुर्योदय दर्शन अनि नगरकोट सम्मको हाइकिङ्ग वा चियाबारी हुँदै भोटेचौर सम्मको हाइकिङ्ग
खर्चहरु
- लोकल बस भाडा रु ३५ (पुरानो बसपार्क देखि सुन्दरीजल सम्मको)
- राष्ट्रिय निकुञ्ज प्रवेश शुल्क ५६.५० प्रति दिन
- खान खाजा २०० (चिसापानी नपुग्दा सम्म)
- होटेल औषत रु ५०० खाना ३००
- लोकल बस भाडा रु ५० (भोटेचौर देखि जोरपाटी)
















