Thursday

होली उल्लास फोटो सहित

होलीलाइ रङहरुको पर्व भनिन्छ । असत्य माथि सत्यको जित भएको खुशियालीमा निकै उल्लास उमंगका साथ एक आपसमा भाइचारा र सौहार्दपूर्ण रुपमा होली खेलिन्छ । आपसमा रहेका वैमनश्यता बिर्सेर होली पर्व मनाउने गरिन्छ त्यसैले यसलाई भातृत्व र मित्रताको पर्व पनि भनिन्छ ।

पौराणिक कथालाइ आधार मान्दा यो पर्व हिरण्यकश्यपले आफ्नो बिष्णु भक्त पुत्र प्रह्लादलाइ आगोमा दहन गर्न अग्नि कवचधारी आफ्नी होलिकालाइ लगाउछन । भक्त प्रह्लादलाइ आफ्नो काखमा लिएर अग्निमा बसेकी होलिका अग्नि कवचका बावजुद आगोमा जलेर भस्म हुन्छिन भने भक्त प्रह्लादलाइ केहि पनि हुँदैन । त्यहि सम्झनामा होली मनाउन थालिएको भन्ने मान्यता रहेको छ ।

यो ब्लगमा यस पटक काठमाडौँमा होली मनाउदा देखिएका विभिन्न पाटोहरुका बारेमा सामेल गरिएको छ। 

होली बिकृति 
मित्रताको पर्व भए नि होली बिकृति रहित चै हुन सकेको छैन । होली सुरु हुन साता अघि देखि नै लोला हानेर घर बाहिर निस्किन नहुने काठमाडौँमा यो पटकको होली चै लोला रहित नै भयो । पानी छ्याप्न छोडेर काठमाडौँवासी रंगहरु खेल्न थालेकोले होलीमा सुधार आएको देखिन्छ । होलीकै दिन पनि केहि छिटपुट बाहेक लोला हानिएको दृश्य यो पटक देखिएन । तर इच्छा बिपरित जवर्जस्ती रंग दलि दिने दृश्य भने कम भएको देखिएन । महिलाहरु यो मामलामा निकै पिडित रहे । भिडको फाइदा उठाएर जवर्जस्ती रङ दलिदिएर भिडमा हराउनेहरु निकै भेटिए । यसै गरि भिडकै सहारामा केटीहरुको संवेदनशील अंग छुनेमा अल्लारे केटाहरु देखि अधबैशेहरु समेत प्रसस्तै भेटिए  । तसर्थ काठमाडौँको होलीमा लोला मात्र हटेको हो अरु उच्छृङ्खलता भने खासै कमि आएको देखिएन ।

प्रहरीको सक्रियता

यस पटकको होलीमा प्रहरी- ट्राफिकहरुको सक्रियता निकै नै रह्यो । प्रहरीकै कारण होहल्ला र झैझगडा न्युनतम देखियो र प्रहरीले होहल्ला गरेको देख्न साथ समातेर गाडीमा हाली रहेको दृश्यहरु देखिन्थे । यद्यपि भृकुटीमण्डप, बसपार्क लगायतका स्थानमा प्रहरीले होहल्ला नगरी होटलमा बसेर मदिरा पिइरहेकालाइ समेत पक्रेको दृश्य देखिएको थियो । जवकि बसन्तपुर न्युरोड तिर रोडमै मदिरा खेयेरा हल्ला गर्दै हिड्नेलाइ पक्रेको देखिएन । त्यसै गरि नाम चलेका होटल तथा इभेन्टहरुमा नि मदिरा सेवन गरि होहल्ला गर्ने तमाम भेटिए तर त्यहाँ प्रहरी पुगेको समेत देखिएन ।  ट्राफिकको सक्रियताले होलीमा हुने सवारी दुर्घटनाहरु न्युनप्राय: रह्यो ।

अघोषित ड्रेसकोड
बिगत केहि बर्ष यता काठमाडौँमा होली गजब संग 'सेलेब्रेसन' हुन थालेको छ । त्यसैले हुन सक्छ काठमाडौँका युवतीहरुमा बीच सेतो ति-सर्ट र निलो छोटो जिन्सको कट्टु अघोषित ड्रेसकोड जस्तै भएको देखियो । केटाहरुमा भने सेतो टि-सर्ट अनिवार्य जस्तै बनेको पाइयो ।

र अन्त्यमा
होली 'सेलेब्रेसन'मा तन्नेरी ठिटाठिटीकै बाहुल्यता रहेको पाइयो । त्यसै गरि होलीमा विभिन्न ठाउँमा व्यवस्थित रुपमा कार्यक्रमहरु गर्ने 'ट्रेन्ड' नि बढ्दो क्रममा रहेको र त्यहाँ सहभागिता पानि जवर्जस्त हुने देखियो । बसन्तपुरमा पुनर्निर्माणको क्रममा रहेका दरवारको भित्ताहरुमा चढेर होहल्ला मचाउने र होलीकै नाममा उच्छृङ्खल हुने समुह नि देखियो । मदिरा गाँजा भाङ्ग खाएर बेहोसीमा रहेका तरुण तन्नेरीहरु नि बल्ग्रेती भेटिए । त्यसै गरि केही युवाहरु आफ्नी प्रेमिकालाइ भिडबाट हुने दुर्व्यवहारबाट बचाउन आसिनपसिन हुँदै प्रयास गर्दै गरेको पनि देखियो । बाँकी सबै तस्बिरमा ।
































Share: