आज अचानक खजुरातिरको याद आयो । त्यहाँ हुँदा आफ्नो साथीहरु बीच बोल्ने भाषाको याद आयो । अवधि र नेपाली मिलाएर बोल्दा एउटा छुट्टै मजा आउथ्यो, अझ त्यसमाथि केहि यस्ता शब्द थिए जुन शब्दलाइ त्यहीका बाहेक अरुले निकै कम बुझ्ने गर्थे, त्यस्ता शब्द मिसाएर बोल्दा कति मज्जा लाग्यो । त्यो भाषामा क्या आत्मियता झल्किन्थ्यो । अहिले पनि त्यो भाषा र ति शब्द राखेर त्यहिको शैलीमा बोल्दा बहुतै मज्जा आउछ । हुन त प्राय सबै तिर आफ्नो आफ्नो उमेर समूह, टोल त गाउँमा सबैको यस्ता केहि गुप्त बिशेष भाषा हुन्छन जुन त्यहि बरिवेस र समाजमा रहेका बाहेक अरुले खासै बुझ्दैनन् । कतै एकदम राम्रो अर्थ दिने शब्द कतै सार्है नराम्रा अर्थ दिने नि हुन सक्छन । हाम्रो खजुरामा नि केहि यस्ता शब्द थिए जुन हामी साथी भाइ बीच बातचित गर्दा दिनहुँ प्रयोग गर्थ्यौ । आज फेरी अचानक ति शब्दहरु याद आए । यी शब्दहरुलाई अवधि र नेपाली मिश्रित भाषामा थपेर बोल्दा को मज्जा भो नकुरा गरम । सम्झिएको जति यता लेख्दैछु । पछि याद आए फेरी थप्ने छु । ति केहि शब्द यता छन् :
दस्ती : पैसा
फांडी हुने : भाग्ने
फांडी हान्ने : चोर्ने
घच्ची पर्नु : लडाई पर्नु / झगडा हुनु
झोर्रा/तडी दिने : पिट्ने
थुर्ने : खाने / पिउने
टाकी / किटा : रक्सी
सुड्डा/सुड्डी : बुढा/बुढी
टसी : केटि/ गर्ल फ्रेन्ड
गोपाल : काम नलाग्ने (केटा मान्छेलाइ भन्नु पर्ने )
जब्दा : फाँट / मैदान
झाँडा फिर्ने : टोइलेट जाने
ठुम्का हान्ने : नाच्ने
सेल्टिनु : मर्नु
सेल्टाउनु : मार्नु
फांक हुनु : सक्किनु / रित्तिनु/ मर्नु
जोत हाने : गफ लगाउने
फांक हुनु : सक्किनु/ रित्तिनु
दस्ती फांक हुनु : पैसा सक्किनु