Friday

नेपालगंज होली २०७५ (फोटो फीचर)

रंगहरुको पर्व होली असत्य माथि सत्यको बिजयी भएको उत्सबको रुपमा मनाइन्छ  । आपसमा रहेको कटुता र वैमनश्यता बिर्सेर होलीमा मित्रता भातृत्व र प्रेम समर्पण गर्दै होली खेलिन्छ  । तराइमा होली पर्वको छुट्टै रौनक हुने गर्छ  । आफु जन्मिएको नेपालगंजमा धेरै बर्ष पछि फेरी एक पटक होली अवलोकन गर्ने अवसर मिल्यो  । नेपालगंजको होली पहिले देखि बडा जोर संग निकै भद्र पारामा मनाइन्थ्यो जुन धेरै बर्ष काठमाडौँ बस्दा खुब मिस गरि रहियो  । यस बर्ष नेपालगंजको होली अवलोकन गरे पछि आफुले देखेको कुराहरु यस ब्लगमा लेख्ने जमर्को गरेको छु  । 

होली जमघट
त्रिभुवन चोक, त्रिवेणी मोड, न्युरोड, सेतुबिक चोक र दैलेखी बंगला रोडमा होली कार्यक्रम आयोजना गरिएको थियो । त्यस बाहेक होली खेल्ने स-साना समुहहरु निकै थिए । मानपुरमा चै मटका फुटाइ, घैटो फोड र भाले पक्रिने लगायत कार्यक्रम राखिएको देखियो । त्रिवेणी मोडमा सदाको बर्ष झैँ  युवाहरु 'फाडु होली' मनाईरहेका देखिन्थे । काठमाडौँमा बसन्तपुरमा जसरी होली खेल्नेहरु जम्मा हुन्छ त्यसरी नै यता न्युरोड जमघट हुने ट्रेन्ड चल्न थालेको पाइयो ।

भद्रता गुमाउदै नेपालगंज 
तराईको सबै ठाउँ जस्तै नेपालगंजको होलीको बिशेषता भएकै होलीमा देखिने भद्रता हो । होलीमा हुने जवर्जस्ती रंग लगाइदिने र लोला हान्ने जस्ता कामहरु नहुने नेपालगंजको होलीमा विभिन्न बिकृतिहरु देखिन लागेको प्रष्ट भान हुन थालेको छ  । जवर्जस्ती रंग लगाइदिने, केटिहरुलाइ दुर्व्यवहार गर्ने जस्ता गतिबिधि बढ्दै गएको देखियो । लाग्छ होली र मदिरा एक अर्काको परिपुरक भैसकेको छ । मदिरा सेवन नगरी होली खेल्ने जमात निकै कम देखिन्थ्यो । मदिरा र भांगको नशामा धुत भएका मान्छेहरु महिला लाइ दुर्व्यहार गरि रहेको जतात्यतै देखिन्थे । मदिरापान गर्ने मामलामा महिलाहरु पनि कम देखिएनन् । रंग दल्ने बिषयलाई लिएर मदिरामा लठ्ठीएका केहि झुण्ड युवाहरु बीच ग्यांग फाइट भैरहेको पनि देखियो ।

प्रहरी सक्रियता र ट्राफिक व्यवस्था
होलीमा हुन सक्ने सुरक्षा चुनौती व्यवस्थापन गर्नका  प्रहरीहरु खटिएका थिए तर प्रहरीको फितलो व्यवस्थापनका कारण अराजकता जताततै देख्न सकिन्थ्यो । सार्वजानिक स्थानमा मद्यपान गरिरहदा वा महिलाहरुलाई दुर्व्यहार गरि रहदा र जवर्जस्ती रंग लगाईदिदा समेत प्रहरी मुक दर्शक बनेर बसेका थिए । ग्यांग फाइट हुँदा समेत प्रहरी पुगेको थिएन । ट्राफिक व्यवस्थापन त सबै भन्दा कमजोर देखिन्थ्यो । बिहान थोरै समय चेकिङ्ग गरेको देखिए पनि दिनभरी ट्राफिक प्रहरी सहर बाट गायब जस्तै देखिन्थे । मापसे गरेर अनियन्त्रित बाइक कुदाउने अत्याधिक देखिन्थे । बाइकमा ट्रिपल लोड सामान्य जस्तै थिए । अझ चार जना सम्म बसेर बाइक चलाएको देखिन्थ्यो । हेलमेट नलगाई बाइक चलाउने अत्याधिक थिए ।  अनियन्त्रित गतिमा बाइक चलाउदा झन्डै झन्डै दुर्घटनामा परेको दृश्य जताततै देखिन्थ्यो ।



होली पोसाक 
होलीको दिन हेप्पी होली वाला सेतो टि-सर्ट लगाउनु अघोषित 'ड्रेस कोड' जस्तै भैसकेको देखिन्थ्यो । बिगत एक दशक देखि काठमाडौँमा युवतीहरु बीच निलो सर्टस् र हेप्पी होलीवाला सेतो टि-सर्ट होली ड्रेस भैसकेको अवस्थामा नेपालगंजमा पनि बिस्तारै सर्टस् र सेतो टि-सर्ट ड्रेस कोड रुपमा स्वीकारीन थालिएको छ । भनिन्छ होलीको दिन नेपालगन्जका केटाहरुको टि-सर्ट बिजुलीको तारमा भेटिन्छ किनकि केटाहरु 'फाडु' होली खेल्छन ।  पुरुषहरु बीच चल्ने यहि 'फाडु' होलीका कारण धेरै केटाहरु बीच चै टपलेस नै होलीको ड्रेसकोड बन्या जस्तो देखिन्छ । 


र अन्त्यमा,
होली असत्य माथि सत्यको विजय अनि हर्षोल्लासको पर्व हो यसमा विकृति मिसिनु कदापि राम्रो हुँदैन । मित्रता र भातृत्वको चाडमा झगडा पर्नु पक्कै राम्रो संदेश  दिदैन । नेपालगंजले आगामी होली देखि यहाँ देखिन थालेको बिकृतिहरुलाई पक्कै निर्मुल गर्नेछ र फेरी सदाचारी र असल होली खेल्नेछ भन्ने बिश्वास मैले लिएको छु । 

हेरौ होलीका तस्बिरहरु........





















































Share: